newskoseli.Com

विप्लवले बदल्दै रणनीति : गिरफ्तारी र पार्टी परित्यागकाे ‘बेग्लै हिसाब’ मिलाउँदै !

सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आफ्ना नेता–कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि पछिल्लो समय रणनीति बदल्न लागिपरेको छ ।

विप्लव नेतृत्वको नेकपाका ८ सयभन्दा बढी नेता–कार्यकर्ता हालसम्म पक्राउ परिसकेका छन् भने सयभन्दा बढी नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । सरकारले आफ्ना नेता–कार्यकर्ता धमाधम पक्राउ गर्ने र गलाएर पार्टी समेत छाड्ने परिस्थितिमा पुर्‍याउने क्रम बढाएपछि रणनीति बदल्दै वार्ताका लागि सकारात्मक हुने विप्लव नेकपाले संकेत गरेको छ ।

‘प्रतिबन्ध’ पछि भूमिगत शैलीमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको सो पार्टीले पार्टी छाडेकालाई धमाधम ‘कारबाही’ गर्दै रक्षात्मक रूपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ । पार्टीभित्र वार्ताका लागि छलफल भइरहेको भन्दै सरकार नै पहिले सकारात्मक हुनुपर्ने विप्लव नेकपाका उच्च तहका एक नेताले बताए । ‘वार्ता नै नगर्ने भन्ने त होइन, पार्टीभित्र छलफल भइरहेका छन्, सरकार वार्ताका लागि सकारात्मक रूपमा तयार भए वार्ता हुन सक्छ’– ती नेताले भने ।

केही दिनअघि एक अन्तर्वार्ताका क्रममा महासचिव विप्लवले समेत आफू वार्ताको निरपेक्ष विरोधी नभएको बताएका थिए । तर, सरकारले विगतमा वार्ताको हल्ला मात्रै फिँजाएको र सरकारतर्फकै केही व्यक्ति अहिले पनि वार्ताविरोधी रहेको उनले बताएको खबर महेश्वर गौतमको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर