newskoseli.Com

१ हजार १ सय १७ सैनिकमाथि कारबाही : कति–कतिले पाए के–के सजाय ?

नेपाली सेनामा पुरस्कार र दण्ड–सजायसम्बन्धी निर्देशिका कडाइका साथ लागू गरिएको छ । यो एक वर्षको अवधिमा मात्रै सैनिक जवानदेखि उच्च अधिकृत तहसम्मका १ हजार १ सय १७ जना कारबाहीमा परेका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिक आचरण विपरीतका काम–कारबाहीमा संलग्न रहेको अभियोगमा विभिन्न कसुरमा संलग्नमध्ये २ सय १६ जना सैनिकलाई कैद सजाय र १ सय ७५ जनाको बढुवा रोक्का गरिएको छ । त्यसैगरी, ४९ जनालाई एक तह घटुवा, १ सय १ जनाको तलब वृद्धि रोक्का, २ सय ७ जनालाई राजस्व जरिवाना, ६ जनाको सेवा अवधि गणना नहुने, ४७ जनालाई नसिहत, ३ सय ४ जना बर्खास्त र २ सय ३६ जनालाई सचेत गराइएको छ ।

करिव ९५ हजार जनशक्ति रहेको सेनाभित्र एक वर्षमा यतिको कारबाही संख्या विगतको भन्दा धेरै हो । दण्ड, जरिवाना र पुरस्कारले सैनिकहरूमा सकारात्मक प्रभाव पारेको भनाइ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेको छ । जाँड–रक्सी खाई होहल्ला–झैझगडा गर्ने, लागू पदार्थ सेवन तथा बेचबिखन, जबर्जस्ती करणी, यौन दूराचार, साइबर अपराध, सवारी ज्यान मुद्दा र दुर्लभ वन्यजन्तुको ओखटोपहार बेचबिखनमा संलग्न सैनिक कर्मचारीलाई कारबाही गरिएको खबर बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर