नेपालगञ्ज विमानस्थलमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टर्रामाथि दुर्व्यवहारको घटना सार्वजनिक भएपछि ‘जहाजभित्र हुलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन’ भन्ने चासो धरैले राखेका छन् । भदौ पहिलो साता काठमाडौंमा गैरआवाशीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टसहित दुई जनालाई सिल्क एयरले जहाजबाट निकालेको घटनालाई पनि उनीहरुले सम्झिएका छन् ।
कम्तिमा तीन तहको सुरक्षा घेराभित्र रहने वायुयानभित्र वा बाहिर सुरक्षा व्यवस्था बिगार्नेहरुका लागि २०१५ सालमा ल्याइएको गैरसैनिक हवाई उडान आकर्षित हुने गरेको छ । ‘यो ऐन पर्याप्त छैन तर सबैभन्दा धेरै आकर्षित हुने ऐनमा यही छ’– नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने ।
यो ऐनले उडानमा रहेको जहाजभित्र हुन सक्ने हिंसात्मक गतिविधि, गैरकानुनी कब्जा, अपहरण र जहाज नष्ट, आगजनीलगायतका अपराधलाई समेटेको छ । जहाजभित्र कुनै यात्रु वा कर्मचारीलाई दुर्व्यवहार वा मदिरा सेवन गरिएको विषयमा भने पर्याप्त व्याख्या छैन । हवाई सुरक्षाका जानकार महानिर्देशक पोखरलले भने– ‘यो ऐनले धेरै कडा विषय समेटेको छ तर वायुयानभित्रको शान्ति सुरक्षामा खलल पुगे के गर्ने भन्नेबारे पर्याप्त छैन, थप व्यवस्था आवश्यक देखिन्छ ।’
चर्चामा रहेको ज्ञानेन्द्र शाही प्रकरणसम्बन्धी यो खबर सुरज कुँवरको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
भिडियोमा हेर्नोस्, यसाे गरेका थिए ज्ञानेन्द्र शाहीले–