newskoseli.Com

शिक्षक नियुक्तिमा २४ लाख घुस, एकै व्यक्तिविरूद्ध १० मुद्दा

विद्यालय निरीक्षक राजेश्वर चौरसियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० वटा मुद्दा दायर गरेको छ । चौरसियाले घुस लिएर १० जना शिक्षक भर्ना गरेको अख्तियारको दाबी छ ।

चौरसिया पर्साको जगरनाथपुर गाउँपालिका अन्तर्गत शिक्षा शाखाका विद्यालय निरीक्षक हुन् । चौरसियालाई फरक–फरक कसुरमा दस वटा मुद्दा चलाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचारका १४ मुद्दा दर्ता गरेको छ ।

चौरसियाले राहत, करार शिक्षक र बाल विकास सहयोगी शिक्षकलाई परीक्षा नलिई नियुक्त गरेको अख्तियारको दाबी छ । अख्तियारका अनुसार चौरसियाले शिक्षक नियुक्त गर्दा प्रत्येक व्यक्तिसँग ५० हजारदेखि ४ लाख २० हजार रूपैयाँसम्म घुस लिएका छन् ।

उनले जितेन्द्रप्रसाद कुर्मीसँग २ लाख, फिरोज अलामसँग २ लाख २० हजार, हकिम अन्सारीसँग ३ लाख ९० हजार, लालबाबु साहसँग २ लाख ८० हजार, अब्दुल्ला राउतसँग ४ लाख १५ हजार, नागेन्द्र महरा चमारसँग ४ लाख २० हजार, वीरेन्द्र महरासँग ४ लाख, उषाकुमारी रामसँग ५० हजार घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको खबर सुरेन्द्र काफ्लेको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर