रुपैयाँ एक हजारको नोट अर्थात् सजिलो भाषामा– ‘हात्ती’ । तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ– के यो नेपाली हात्ती नै हो त ?
‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन । बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन् । विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको छ– हात्ती नै फेरिदिने । अब नेपालमै जन्मिएको जुम्ल्याहा हात्ती राम–लक्ष्मणको पोट्रेट तस्बिर छापिएका एक हजार रुपैयाँका नोट अर्को दसैंसम्म आइसक्नेछन् ।
त्यसको प्रक्रिया अघि बढाइसकेको राष्ट्र बैंकले जनाएको खबर विजय बञ्जराको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।