newskoseli.Com

महत्त्वपूर्ण विधेयकहरु अझै ‘विचाराधीन’ : सकियो पाँच महिना लामो चौथो अधिवेशन

संघीय संसदको करिव पाँच महिना लामो चौथो अधिवेशन अवधिभर सात वटा विधेयक दुवै सदनबाट पारित भए । यस अधिवेशनमा दर्ता १७ मध्ये सात विधेयक पारित भएका छन् ।

तर, संसदमा दोस्रो अधिवेशनदेखि नै विचाराधीन रहेका केही विधेयक भने अझै पारित भएनन् । विषयवस्तुको विवादका कारण समितिले प्रतिवेदन नै तयार पार्न नसक्दा महत्त्वपूर्ण मानिएका विधेयकहरु समितिमै थन्किएका छन् । विचाराधीनमध्ये केही विधेयक विवादका कारण अगाडि बढ्न सकेनन् ।

केही विधेयकमा राजनीतिक सहमति बने पनि प्रक्रियाकै चरणमा छन् । राष्ट्रियसभाबाट उत्पत्ति भएका चौथो अधिवेशनका कुनै पनि विधेयक पारित भएनन् । प्रतिनिधिसभाबाट उत्पत् िभएकामध्ये सात विधेयक दुवै सदनबाट पारित भए । संघीय संसदले चौथो अधिवेशनमा संघ र प्रदेशका साझा अधिकारको सूचीमा रहेको नेपाल प्रहरी तथा प्रदेश प्रहरीको निरीक्षण, सुपरीवेक्षण तथा सञ्चालनसम्बन्धी विधेयक पारित गर्‍यो ।

दुई वटा विधेयक पारित भए पनि संघीय प्रहरी ऐन निर्माणको प्रक्रिया अघि नबढ्दा प्रदेशमा प्रहरी सेवा गठनको कानुनी बाटो खुलिनसकेको खबर नारायण काफ्लेको बाइलाइनमा शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर