newskoseli.Com

आफूले आफैंलाई पनि सिफारिस : सत्ता वरिपरिका मात्रै ‘विभूषित’, ‘पदक’ मा राजतन्त्रकै दुर्गन्ध !

संविधान दिवसको अवसर पारेर राष्ट्रपतिमार्फत सरकारले वितरण गर्ने विभिन्न मानपदवी तथा विभूषणमा पनि विगतकालमा राजतन्त्रले आफ्ना भक्तजन र हनुमानहरूलाई गर्ने गरेकै शैलीको गन्ध आएको छ । यसपालि पनि शक्ति र सत्ता वरिपरि हुने मात्रै विभूषित भएको देखिएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार घोषणा गरिएका मानपदवी र अलंकार प्रधानमन्त्रीको निजी चिकित्सकदेखि व्यापारीसम्मले पाएबाट पनि यही कुराको पुष्टि भएको छ । विभूषण सिफारिस समितिले राष्ट्रको गौरव वृद्धि गर्ने कार्यमा विशेष योगदान पुर्‍याएको, आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरी राष्ट्रलाई योगदान पुर्‍याएको, सरकारी सेवासँग सम्बन्धित भए आफूलाई तोकिएको काम प्रशंसनीय रुपमा सम्पादन गरेको, विदेशी नागरिक भए नेपालको सम्मुन्नति तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सम्मान बढाउने कार्यमा विशेष योगदान दिएको व्यक्तिलाई सिफारिस गर्नुपर्ने प्रावधान छ ।

त्यस्तै, कुनै साहसी तथा बुद्धिमत्तापूर्ण कार्य गरी विशेष योगदान दिएको व्यक्तिलाई पदक दिनु पर्नेमा प्रायः सरकारी निकटलाई मात्र पदकका लागि सिफारिस गर्ने प्रचलन बढ्दै गएको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर