सरकारले करिव डेढ सयभन्दा बढीको मानपदवी (तक्मा) रद्द गर्न लागेको छ । ज–जसलाई तक्मा प्रदान गरिएको हो, विभूषित व्यक्ति नै सम्पर्कमा नआएपछि सरकरले उनीहरुको तक्मा रद्द गर्न लागेको हो ।
पछिल्ला ९ वर्षको अवधिमा १ सय ४२ पदक (तक्मा) गृह मन्त्रालयमै थन्किएका छन् । ‘विभूषण सिफरिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड, २०७५’ मा मानपदवी प्रदान गरिएकौ एक वर्षभित्र व्यक्तिले ग्रहण नगरेमा स्वतः रद्द हुने व्यवस्था छ ।
मापदण्डअनुसार गृहले ती पदक फिर्ता लिने निर्णय गर्यो भने पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (मरणोपरान्त) लगायत अरु १ सय ४२ जनाकै तक्मा खोसिने खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।