newskoseli.Com

भयानक कार दुर्घटना : मुटुरोग विशेषज्ञसहित २ जनाको निधन, २ गम्भीर घाइते

एउटा भयानक कार दुर्घटनामा परी प्रख्यात हृदयरोग विशेषज्ञ केतन खुर्जेकरसहित दुई जनाको मृत्यु भएको छ । गत आइतबार राति मुम्बई–पुणे राजमार्गमा भएको साे सडक दुर्घटनामा अरु दुई जना गम्भीर घाइते भएका छन् ।

डाक्टरहरू सडकमै आफू सवार कारको पञ्चर भएको पांग्रा फेर्दै थिए । त्यसैबेला पछाडिबाट आएको बसले उनीहरूमाथि जोडदार ठक्कर मार्‍यो । सो कारमा चार जना सवार थिए । उक्त दुर्घटनालगत्तै लामै समयसम्म सो राजमार्ग जाम भयो । सोमबार बिहान साढे १० बजे सुमातेन गाउँ नजिक दुर्घटना भएको तलेगांव दाभाडेका इन्स्पेक्टर किशोर म्हस्वाडेले पुष्टि गरेका छन् ।

सचेती अस्पतालमा स्पाइन सर्जरी विभागको प्रमुखका रुपमा कार्यरत ४४ वर्षीय डा. केतन खुर्जेकर र दुई आर्थोपेडिक सर्जनहरू तथा चालक गरी चार जना पुणेबाट एउटा कारमा मुम्बई जाँदै थिए । क्याब (कार) एउटा गाउँमा आइपुगेपछि ड्राइभरले गाडीलाई सडकको छेउमा रोकेर त्यसको पांग्रा बदल्न थाले । डाक्टरहरू ड्राइभरलाई सघाउन थाले । त्यसैबीच पछाडिबाट बसले ठक्कर दिँदा भयानक दुर्घटना हुन पुग्यो ।

जब क्याब (कार) चालकले टायर परिवर्तन गरिरहेको थिए, तब पछाडिबाट आउँदै गरेको एक निजी बसले ती सबैलाई ठक्कर दिएको प्रहरी अधिकारीले बताएका छन् । डा. खुर्जेकर र २७ वर्षीय ट्याक्सी चालक ज्ञानेश्वर भोसलेको घटनास्थलमै मृत्यु भएको र अरु दुई जना डाक्टर घाइते भएको प्रहरीको भनाइ छ ।

स्वर्णपदक विजेता डा. खुर्जेकर जनताका एकदमै प्यारा सर्जन थिए । उनले ३ हजार ५ सयभन्दा बढी जटिल सर्जरी गरिसकेका थिए । घटना सुनियोजित हो वा आकस्मिक हो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर