सरकारले एकै पटक करिव ३ हजार कृषि तथा भेटरिनरी प्राविधिक कर्मचारीलाई सेवाबाट हटाएको छ । ‘एक गाउँ, एक प्राविधिक’ नारा अन्तर्गत २०७२ मा भर्ना गरिएका कृषि तथा भेटेरिनरी कर्मचारीलाई अर्थ मन्त्रालयले २०७६ भदौ ३१ मा निर्णय गरी सेवाबाट हटाएको हो ।
पुरानालाई हटाएर नयाँ भर्ना लिन सकिने व्यवस्था अर्थले मन्त्रालयले गरेको छ । यसका लागि मन्त्रालयले बजेट पनि छुट्याएको छ । ‘एक गाउँ, एक प्राविधिक’ अन्तर्गत भर्ना भएका कर्मचारी खरिदार तहका हुन् । तर, नयाँ भर्ना लिन बजेट अर्थले छुट्याएको भने नायव सुब्बा तहका कर्मचारीका लागि हो ।
यसमा पुराना कर्मचारीले भने भर्ना हुन अवसर नपाउने खबर भुवन शर्माको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।