newskoseli.Com

निर्मला पन्त हत्या प्रकरण : त्रुटि पत्ता लगाउन अनुसन्धान गर्दै गृहको प्राविधिक टोली

कञ्चनपुरस्थित भीमदत्त नगरपालिका, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी गृह मन्त्रालयले अनुसन्धान सुरु गरेको छ ।

एक हप्ताअघि मन्त्रालयले राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृत, शिक्षण अस्पतालका चिकित्सकसहितको अनुसन्धान टोली गठन गरेको हो । प्राविधिक टोली गठन गरी अनुसन्धान थालेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीले पुष्टि गरे ।

‘यो नितान्त प्राविधिक टोली हो, यसको आफ्नै कार्यक्षेत्र छ त्यसकारण यो विषयमा बढी प्रचारवाजी गर्नु जरुरी छैन, अनुसन्धान भइरहेको छ’– प्रवक्ता सुवेदीले भने । गतवर्ष साउन १० मा बलात्कारपछि पन्तको हत्या गरिएको थियो । साथीको घरबाट गृहकार्य गरेर घर फर्किरहेकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा अर्को दिन उखुबारीमा शव भेटिएको थियो ।

गृह मन्त्रालय स्रोतका अनुसार रिजालको टिमलाई अनुसन्धानका लागि १५ दिनको समय दिइएको छ । ‘उनले एक हप्ता मात्रै भयो काम थालेको, अब एक हप्तापछि आफ्नो प्रतिवेदन बुझाउनेछन्, समय पुगेन भने थप पनि हुनेछ,’ मन्त्रालय स्रोतले भन्यो– ‘प्राविधक रुपमा त्रुटि भए कहाँ, कसरी भएको हो, त्यसबारे अनुसन्धान गरी प्रतिवेदन दिन भनिएको छ ।’

निर्मला पन्त हत्या प्रकरण अनुसन्धानको पछिल्लो प्रक्रियासम्बन्धी यो खबर टपेन्द्र कार्कीको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर