नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न बैंकमा जस्तै ‘नो योर कस्टमर’अर्थात् ‘केवाईसी’ सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ ।
सिमकार्ड लिने ग्राहकको पूर्ण विवरण लिई वितरणलाई व्यवस्थित गर्ने तथा आपराधिक क्रियाकलाप रोक्न ‘केवाईसी’ अवधारणा ल्याइएको हो । केवाईसी कार्यविधिको मस्यौदा निर्माण भइरहेको छ ।
आउँदो आर्थिक वर्षको सुरुदेखि नै यो कार्यविधि कार्यान्वयनमा ल्याउने गरी काम भएको प्राधिकरणले जनाएको खबर बुधबारको कारोबार दैनिकमा प्रकाशित छ ।