newskoseli.Com

‘जहाज किनेर लडाउन ल्याएको ?’ : प्रधानमन्त्रीको प्रश्न !

विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एक पटक प्रधानमन्त्रीले सहयात्री साथीसँग भनेछन्– ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन् !’

ती साथीले जवाफ दिएछन्– ‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन् । उड्दैउड्दैनन् त्यसैले यहाँ धेरै देखिएका छन् । मैदानभरि छन्, वाइडबडी पनि छन् तर जमिनमा छन्, आकाशमा छैनन् ।’

प्रधानमन्त्री ओलीले निगम दिवसमा यो प्रसंग सुनाउँदा त्यही संस्थाका कर्मचारीले परर्र ताली बजाए । १ जुलाईमा त्यसो भनेको तीन महिना बित्न लाग्यो, थन्किएका जहाज अझै उडेनन् । बरु उडिरहेका थप थन्किए । सुन्दै अचम्म ! निगमसँग १४ जहाज छन् तर उड्छन् जम्मा ६ वटा । बाँकी सबै प्रधानमन्त्रीले भनेजस्तै ‘जमिनमा छन् ।’

अघिल्ला प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले झन्डै २५ अर्ब ऋणमा दुइटा वाइडबडी ल्याए । त्यसको खरिदमा नक्कली कम्पनी बनाइए । ल्याइएका विमान पनि चल्न सकेनन् । त्यसलाई तीव्रता दिन मदन खरेललाई सरकारले अध्यक्ष बनायो । उनले झन् खस्काउँदै लगेको प्रधानमन्त्रीको आक्रोशले बताउँथ्यो ।

प्रधानमन्त्रीको प्रश्न थियो– ‘जहाज किनेर के लडाउन ल्याएको ? ठाउँ ओगट्न ? ओभरहल गर्नुपर्ने भए गरिहाल्नुहोस्, पाटपुर्जा फेर्नु छ फेरिहाल्नुहोस् । मर्मतसम्भारमा कुनै सम्झौता गर्नुहुँदैन, समयमै गरिहाल्नुहोस् । चुस्तदुरुस्त राख्नुहोस्, गन्तव्य नयाँ खोज्नुहोस्, तत्काल ।’

खरेलले आउनासाथ श्वेतपत्र जारी गर्दै २० अर्ब रुपैयाँ सरकारले दिनुपर्ने माग राखेका थिए । प्रधानमन्त्रीले त्यसलाई स्वीकार गरेनन् । बरु वार्षिकोत्सवमा उनको भनाइ थियो– ‘यथास्थितिमा २० अर्ब दिन मिल्दैन । व्यवस्थापन र सञ्चालनको सुव्यवस्थाविना पैसा मात्र दिएर केही हुँदैन, त्यो मलाई थाहा छ ।’

राष्ट्रिय ध्वजावाहकको बेहाल र प्रधानमन्त्रीको ‘कडा’ प्रतिक्रियासम्बन्धी यो खबर अखण्ड भण्डारीराजु बाँस्कोटाको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर