newskoseli.Com

डोनाल्ड ट्रम्पको प्रश्न– ‘के छ नेपालको खबर ?’

अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले नेपालको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७४औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन् ।

रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्बिर खिच्ने समयसम्म आपसी कुराकानी हुन्छ । प्रधानमन्त्री केपी ओली सहभागी नभएका कारण ज्ञवालीले ट्रम्पलाई भेट्न पाएका हुन् ।

रात्रिभोजमा ट्रम्पलाई भेटेपछि प्रशन्न मुद्रामा देखिएका ज्ञवालीले भने– ‘भेट निकै संक्षिप्त थियो, उहाँले नेपालको स्थितिबारे जिज्ञासा राख्नुभयो, मैले अलिकति अवस्था बताएँ, उहाँले आपसी सहयोग र सहकार्यमा अमेरिका तत्पर रहेको सुनाउनुभयो ।’

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको नेपालसम्बन्धी जिज्ञासा र सदभावपूर्ण जिज्ञासासम्बन्धी यो खबर अनिल अधिकारीको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर