newskoseli.Com

मासु–मदिरा व्यापार बन्द गरिँदै : पशुपति क्षेत्रमै मन्दिरभन्दा भट्टी बढी

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका घरेलु मदिरा, इजाजत प्राप्त मदिरा र मासुजन्य परिकारको व्यापार दसैं र तिहारको आसपास हटाइने भएको छ । यस क्षेत्रमा रहेका देवस्थलकै दोब्बर हाराहारीको संख्यामा रक्सी पसल र रक्सी पिउने भट्टी छन् ।

काठमाडौं महानगरपालिका– ७ कार्यालय र सामुदायिक प्रहरी साझेदारी कार्यक्रमबाट ती व्यापार हटाउने टुङ्गो लागेको वडा सदस्य कृष्णमणि भट्टराई बताउँछन् । यो क्षेत्रमा सत्तल पाटी, घाटसहित ५ सय १८ देवस्थल छन् भने रक्सी पसल तथा मासु र जाँड पाइने भट्टी पसल पनि उत्तिकै हाराहारी संख्यामा छन् । कामना– ७ मा मात्र २ सय वटा रक्सी पसल र अनगिन्ती भट्टी छन् ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाले यो क्षेत्र मांस र मदिरा प्रयोग–उपयोग र बेचबिखन निषेधित क्षेत्र हो । ‘सामुदायिक प्रहरी साझेदारी र वडा कार्यालयको पहलमा अवैध मदिरा बिक्री हटाउँदै छौं, यस विषयमा परामर्श चलिरहेको छ’– काठमाडौं महानगरपालिका– ७ का वडा सदस्य भट्टराईले भनेको खबर सरोज आचार्यको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर