साना–मसिना काममा अल्झिएर राष्ट्रिय गौरवका आयोजनाहरु पूरा गर्न आलटाल गरे विभागीय मन्त्रीलाई हटाउने चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार सरकारका विभिन्न मन्त्रालयबाट साउनयता भएका कामको प्रगति विवरण जानकारी लिने क्रममा योजनाअनुसार काम नगर्ने नगराउने मन्त्रीलाई हटाउने चेतावनी प्रधानमन्त्री ओलीले दिएका हुन् ।
केही मन्त्रालयले आर्थिक विकासमा प्रभाव पार्ने गरी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पोखेको समाचार शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।