महिलामाथि ‘यौन दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ परेका ४२ वर्षीय नेपाली भिक्षु दावा तामाङलाई सिंगापुरको राज्य अदालत (स्टेट कोर्ट) ले पाँच महिनाका लागि जेल चलान गर्न आदेश दिएको छ ।
तामाङले असार २६ मा सिंगापुरको गोलाङस्थित एउटा होटल अगाडि एक महिलाको ‘छाती छोएको’ आरोपमा अदालतमा मुद्दा परेको थियो । आफूमथि ‘दुर्व्यवहार’ भएको भन्दै ती महिलाले मुद्दा दायर गरेलगत्तै तामाङ पक्राउ परेका थिए ।
‘दुर्व्यवहारमा परेकी’ भनिएकी ती महिलाको परिचय भने अदालतले नखुलाएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।