वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमन गर्न थालेपछि राजधानीको दरबारमार्गका व्यवसायी पसल बन्द गरेर भागेका छन् ।
अनुगमनका लागि विभागको टोली बिहीबार शेर्पा मलमा पुग्दा अधिकांश पसल सञ्चालक पसल बन्द गरेर भागेको अनुगमन टोलीका निरीक्षण अधिकृत कपिल रेग्मीले बताए ।
बन्द गरेर भागेका पसलमा भोलि (शुक्रबार) नै अनुगमन गर्ने रेग्मीले बताएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।