newskoseli.Com

जामकै कारण बाटैमा गयो बिरामीको ज्यान : कहिलेसम्म भोग्नुपर्ने ज्यानमारा सडकको कहर ?

चाडपर्वमा एकै दिन लाखको संख्यामा यात्रुहरू काठमाडौंबाट घर जाने समयमा उपत्यकाबाट बाहिरिने नाका भने ज्यानमारा देखिएका छन् । काठमाडौंबाट बाहिरिने तथा भित्रिने मुख्य नाका नागढुंगा–नौबिसे तथा बीपी राजमार्गको कोटेश्वर–जडीबुटी सडक खण्डमा घन्टौं जाममा बस्न यात्रु बाध्य भएका छन् ।

नागढुंगा–नौबिसे सडक खण्डमा लामो जामका कारण समयमै अस्पताल पुर्‍याउन नसक्दा शुक्रबार गौर नगरपालिका– ७, रौतहटका ३७ वर्षीय रूपलाल साहको बसभित्रै मृत्यु भएको छ । पृथ्वी राजमार्गस्थित महादेवबेंसी बजारमा जाममा परेका बेला मिर्गौला रोगबाट पीडित साहको बिहान पाँच बजे बसमै निधन भएको हो ।

साह चढेको ना ७ ख ५३६४ नम्बरको बस राति २ बजेदेखि ५ बजेसम्म जाममा फसेको थियो । सडक बिग्रिएर दयनीय बनेको छ भने सडकभरि ठूलठूला खाल्टाखुल्टी परेका छन् । निरन्तरको वर्षाका कारण सडक मर्मत हुन नसक्दा पनि जाम बढेर गएको हो ।

एक सातादेखि नागढुंगा–नौबिसे तथा कोटेश्वर–जडिबुटी सडक खण्डमा घन्टौं जाम हुँदा हजारौं यात्रु समस्यामा पर्दै आएका छन् । देशैभरको सडक मर्मत गर्ने तयारीमा रहे पनि मौसमका कारण प्रभावित भएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले बताएको खबर शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर