संसदको वर्खे अधिवेशन अवधिमा १५ जना सांसद लगातार दस दिनभन्दा बढी अनुपस्थित भएका छन् । संविधानको धारा ८९ को खण्ड (घ) मा संघीय संसदको कुनै पनि सदस्य सदनलाई सूचना नदिई लगातार दस वटा बैठकमा अनुपस्थित रहेमा निजको संसद् सदस्यताता खारेज भई पद रिक्त हुने उल्लेख छ ।
तर, विनासूचना लामो समय अनुपस्थित हुने सांंसदलाई पनि अहिलेसम्म कुनै कारबाही भएको छैन । जिल्ला भ्रमण, विदेश भ्रमण, घरायसी काममा व्यस्त रहेकाले उपस्थित हुन नसकेको भन्ने जानकारी दिएको भन्दै उनीहरुको अनुपस्थितिलाई सदर गरिएको छ ।
संसदलाई बेवास्ता गर्ने गरेकै कारण प्रायः सांसद अनुपस्थित हुने गरेको पाइएको छ । असोज २ को संसद् बैठकमा पनि सभामुख कृष्णबहादुर महराले लगातार दस दिनभन्दा बढी अनुपस्थित हुने १५ जना सांसदको बिदा स्वीकृत गरेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।