newskoseli.Com

प्रचण्ड–ओलीबीच कुरा नमिल्दा अड्कियो एकता : समझदारी पालनामा ओलीको ‘आनाकानी’

सत्तारुढ नेकपामा दुई अध्यक्षबीच कार्यविभाजनबारे कुरा नमिल्दा एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेर रोकिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पछिल्लो समय दिनहुँजसो एक्लाएक्लै छलफल भइरहे पनि जिम्मेवारी बाँडफाँटबरे कुरा मिल्न सकेको छैन ।

ओली र दाहालले शुक्रबार बिहान समेत छलफल गरेका थिए । प्रधानमन्त्री ओली स्वाथ्योपचार गराउन दोस्रो पटक सिंगापुर जानुअघि पार्टी एकीकरणका धेरै काम सकिएका थिए ।

‘त्यसरी एकीकरणका काम धमाधम टुंगिनुको कारण अध्यक्षहरुबीच भएको मौखिक समझदारी हो । त्यसलाई पालना गर्न पछिल्लो समय प्रधानमन्त्रीले आनाकानी गरिरहनुभएको छ’– दाहाल निकट स्रोतले भनेको खबर बिनु सुवेदीको बाइलाइनमा आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर