newskoseli.Com

‘दसैंखर्च जुटाउन’ धमाधम बालुवा निकाल्दै !

दसैंपर्व नजिकिँदै गर्दा पर्वखर्च जुटाउन त्रिशूली नदीमा मजदुरी गर्न आउने मानिसको संख्या निकै बढेको छ  । गएको सातादेखि त्रिशूली नदीमा बालुवा झिक्न आउने मजदुरको लर्को लाग्न थालेको छ  ।

पर्व मनाउनका लागि नदीबाट बालुवा निकालेर बिक्री गर्ने काममा सयौं मजदुर टाढा–टाढादेखि धादिङको बैरेनी, आदमघाट, बेल्खुलगायतका स्थानमा आएका छन्  । जोखिमयुक्त काम भए पनि छोटो समयमा नै मनग्य आम्दानी हुने हुँदा चाडबाड मनाउने सबैभन्दा उपयुक्त विकल्प ठानेर बालुवा झिक्न आएको मजदुर बताउँछन्  ।

बालुवा मजदुर रामकुमार राईका अनुसार यो कामबाट सामान्यतया दैनिक २ हजार ५ सयदेखि ४ हजार रुपैयाँसम्म आम्दानी हुन्छ  । जति पर्व नजिकिँदै जान्छ, त्रिशूली नदीको भेलबाट बालुवा झिकेर दैनिकी चलाउने मजदुरको खटाइ पनि उति नै बढ्दै जान्छ  । पर्वखर्च जुटाउनका लागि त्रिशूली नदीको भेलबाट बालुवा निकाल्ने मजदुर नदी किनारमा जताततै भेटिने गरेको खबर मुरारी अधिकारीको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर