newskoseli.Com

चन्द समूहले यसरी गर्‍यो ‘क्लिन स्विप’ !

नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनमा चतुरबहादुर चन्दको समूहले ‘क्लिन स्विप’ गरेको छ । पूर्वअध्यक्ष विनयराज पाण्डेलाई अत्यधिक मतले हराउँदै क्यानको अध्यक्षमा निर्वाचित भए चन्द ।

निर्वतमान अध्यक्ष चन्दले शनिबार भएको निर्वाचनमा खसेको कूल ५९ मतमा ४४ मत प्राप्त गरेका छन् । पूर्वअध्यक्ष पाण्डेले भने १५ मत मात्रै पाएका थिए । निर्वाचित अध्यक्ष चन्दले भने– ‘निर्वाचित भयौं, हामीसँग चुनौती धेरै छन्, यो निर्वाचन निलम्बित नेपाली क्रिकेटलाई फुकुवा गर्ने प्रक्रियाका रूपमा रहेको छ । हामीले नियमित घरेलु प्रतियोगिता गर्नु छ, हामी आशा गर्छौं अब आईसीसीले नेपाली क्रिकेटको प्रतिबन्ध फुकुवा गर्नेछ ।’

चन्दकै समूहका राजबाबु श्रेष्ठ उपाध्यक्षमा, अशोकनाथ प्याकुरेल सचिव र रोशनकुमार सिंह कोषाध्यक्षमा निर्वाचित भएको खबर फिरोज उपाध्यायको बाइलाइनमा आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर