newskoseli.Com

‘उपभोक्ता समितिमार्फत निर्माण कार्य नगराउनू’ : मन्त्रालयको निर्देशन

जटिल प्रकृतिका निर्माण कार्य उपभोक्ता समितिमार्फत नगराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धानले दिएको सुझावका आधारमा सो निर्देशन पालना गराउन मन्त्रालयले मंगलबार ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको हो ।

समितिमार्फत ठूला पूर्वाधार निर्माण कार्य गराउँदा गुणस्तरीयताको सवाल उठेको भन्दै मन्त्रालयले सो निर्देशन दिएको मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिए । मन्त्रालयको निर्णयअनुरूप कार्यान्वयनका लागि सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लेखी पठाएको मन्त्रालयका सूचना तथा प्रविधि शाखाका अधिकृत शेखरनिधि पौड्यालले बताए ।

बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर–ढाडखोला मोटर बाटो निर्माणमा अनियमितता गरेको भन्ने उजुरीबारे गरेको निर्णयलाई आधार मान्दै आयोगले मन्त्रालयलाई सो सुझाव दिएको थियो । प्राविधिक रूपले जटिल कामहरू उपभोक्ता समितिमार्फत गराउँदा निर्माण भएका संरचना तोकिएको गुणस्तरमा निर्माण नहुने निर्णय आयोगले गरेको खबर सुनील महर्जनको बाइलाइनमा बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर