newskoseli.Com

एकल पुरुषलाई पनि एकल महिलासरह नै भत्ता !

हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ । सो गाउँपालिकाले पाँचौं गाउँसभाबाट २० लाख बजेट छुट्याएर एकल पुरुषलाई भत्ता दिन मूल अभिलेख अध्यावधिक गर्ने सूचना जारी गरिसकेको छ ।

एकल पुरुष–महिला दुवैलाई दर्ताका लागि सूचना गरिसकेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘पुरुष र महिलालाई व्यावहारिक रुपमा समानता दिन बराबरी भत्ताको कार्यविधि बनाएका छौं’– उनले भने । स्थलगत अनुगमनमा एकल महिला र पुरुषको उस्तै अवस्था देखिएपछि जनप्रतिनिधिबीचको छलफलबाट यो निर्णय गरिएको उनले बताए ।

झन्डै १८ हजार जनसंख्या भएको गाउँपालिकामा हेलम्बु, किउल, पाल्चोक, इचोक र महांकाल गरी ७ वटा वडा छन् । ‘एकल महिलासँगै पुरुषको अवस्था दुःखलाग्दो देखिएपछि पुरुषलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेका छौं’– गाउँपालिका प्रमुख शेर्पाले भनेको खबर अनिश तिवारीको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर