newskoseli.Com

खुलामञ्चको खुल्लमखुला अतिक्रमण : भूमाफिया र प्रशासनको यस्तो साँठगाँठ…

काठमाडौंको मुटुमा रहेको खुलामञ्च विभिन्न बहानामा पटक–पटक अतिक्रमणमा पर्दै आएको छ । भूमाफिया र प्रशासनसँगको साँठगाँठका कारण खुलामञ्चमा अतिक्रमण बढ्दै गएको हो ।

खुल्लामञ्च संरक्षणको जिम्मेवारी पाएको काठमाडौं महानगरपालिकाले हालसम्म भएका अतिक्रमण हटाउने र व्यवस्थापन गर्ने विषयमा कुनै चासो नदिँदा यस्तो समस्या आएको हो । करिव ५० रोपनी क्षेत्रफलमा फैलिएको खुलामञ्च विभिन्न रूपमा अतिक्रमणमा परेको ‘खुलामञ्च बचाऊ अभियान’ का संयोजक सुशन वैद्य बताउँछन् । खुलामञ्चलाई सरकारले खुला स्थानका रूपमा राख्न नसकेको उनी बताउँछन् ।

‘विपदका समयमा प्रयोग हुने स्थान सरकार र निजी क्षेत्रका कारण अतिक्रमणमा परेको छ’– उनले भने । खुलामञ्चमा बनेको बसपार्कमा टहरा बनाई जग्गा अतिक्रमण भएको, दुमाजु गुठी अतिक्रमणमा परेको तथा शौचालय व्यवस्थापनका नाममा फैलँदै गएको व्यापार–व्यावसायका कारण खुलामञ्च अतिक्रमणमा परेको वैद्यको भनाइ छ ।

विभिन्न बहानामा खुलामञ्चको अतिक्रमण बढ्दै गएको महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी पनि स्वीकार्छिन् । खड्गी भन्छिन्– ‘एउटा उद्देश्य लिएर खुलामञ्चका जग्गा र सटर भाडामा लिने गरेको र यसबाट बिस्तारै अतिक्रमण गर्ने गरेको देखिन्छ ।’ खुलामञ्च अतिक्रमणको यो खबर केशवप्रसाद पाण्डेको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर