गाडी भने अरु नै पार्टीका नेताहरुले चढिरहेका छन् तर सत्तारुढ नेकपाले चाहिँ ती सबै गाडीलाई आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ । ‘प्रतिबन्धित’ नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत अरू नै पार्टीका ११ नेताले चढिरहेका गाडीलाई सत्ताधारी नेकपाले आफ्नो सम्पत्ति विवरणमा राखेको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि केन्द्रीकृत गर्न लागिएको सम्पत्ति विवरणमा अन्य पार्टीका नेताले प्रयोग गरिरहेका गाडी समेत उल्लेख छ । तत्कालीन माओवादी केन्द्रका कार्यालय मुख्य सचिव प्रह्लाद बुढाथोकीले नेकपाका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल ‘प्रशान्त’ लाई असोज १ मा सम्पत्ति विवरण बुझाएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।