newskoseli.Com

चिनियाँ राष्ट्रपतिको विमान पार्किङ गर्नै चुनौती : ‘पुसब्याक’ गर्ने उपकरण नै नेपालमा छैन !

४ वटा इन्जिन भएको २ तले विमान काठमाडौंमा एक रात राख्नै सरकारलाई चुनौती !

चिनियाँ राष्ट्रपति सी जिनफिङ अर्को साता नेपाल आउँदैछन् । उनी एयर चाइनाको जेट विमान बोइङ ७४७ बाट काठमाडौं आउनेछन् । उक्त विमान एक रात काठमाडौंमा नै पार्किङ गरिने भएको छ ।

राष्ट्रपति सीको विमान काठमाडौंमा पार्किङ नेपालका लागि चुनौतीपूर्ण बन्ने भएको छ । अहिले अन्य विदेशी जहाज राखेजस्तो सीको विमान त्रिभुवन विमानस्थलको टर्मिनल भवनतर्फ फर्काएर पश्चिम–पूर्व राख्न नसकिने भएको छ ।

जहाज त्यसरी पार्किङ गर्न नसकिनुको कारण केहो ? उक्त जहाजलाई पुसब्याक गर्न (धकेल्न) सकिने उपकरण विमानस्थलमा नहुनु । सीको विमान ह्यान्डल गर्ने क्षमताको उपकरण नेपाल वायुसेवा निगमसँग छैन ।

सीको विमान डेकर (दुई तले) र चार वटा इन्जिन भएको विमान हो । निगमसँग भएको उपकरणले २ सय ५० टनसम्मको जेट पुसब्याक गर्न सक्छ । तर, सीको जहाज भने ३ सय टनको भएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर