newskoseli.Com

दसैंमा यसरी खानोस् सन्तुलित खाना…

दसैं भन्नेबित्तिकै आफूभन्दा ठूला मान्यजनबाट आशीर्वाद लिने र अत्यधिक खानपान गर्ने चाडका रूपमा लिइन्छ । तर, आशीर्वादसँगै अत्यधिक बढी मदिरा, मासु तथा अन्य परिकार खाने चाडका रूपमा दसैं मनाउँदा स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविदहरूले सन्तुलित खाना खान सुझाव दिएका छन् ।

चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्ने गर्दा अस्पतालसम्म पुग्नु परेका धेरै घटना छन् । दुैंमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिस समेत बिरामी पर्ने र बिरामी भएकालाई झनै खतरा हुनेतर्फ सतर्कता अपनाउनुपर्ने विज्ञहरू एपं चिकित्सकहरुले बताएका छन् ।

अस्वाभाविक खानपानले मानिसको मिर्गौला, मुटु, कलेजोजस्ता अङ्गमा असर गर्नुका साथै रक्तचाप बढ्ने, शरीरमा कोलस्ट्रोलको मात्रा वृद्धि हुनेजस्ता समस्या देखा पर्छन् । दुैंमा खानपानमा ध्यान नदिँदा मानिसको स्वास्थ्यमा असर पर्ने वरिष्ठ पोषणविद् तथा त्रिवि पद्मकन्या क्याम्पसकी प्रा.डा. उमा कोइरालाले बताइन् । खानपानमा ध्यान नदिने तथा जीवनशैलीमा आएको परिवर्तनले गर्दा सामान्य व्यक्ति पनि रोगी बन्ने र रोगी व्यक्तिका शरीरका अङ्ग समेत काम नलाग्ने हुन सक्ने हुनाले सन्तुलित खाना मात्र खान पोषणविद् कोइरालाले सुझाव दिइन् ।

‘चाडबाडको नाममा खानपानमा ध्यान नदिँदा मानिसले स्वास्थ्यलगायत सामाजिक रूपमा समेत ठूलो क्षति व्यहोर्नुपरेको छ,’ पोषणविद् कोइरालाले भनिन्– ‘मानिसले दसैंको खानामा होस नपुर्‍याउँदा जटिल रोगको सिकार त हुन्छन् नै, अत्यधिक मदिरा सेवनका कारण घरपरिवार तथा समाजबाट समेत बहिष्कृत हुनु परेका धेरै उदाहरण छन् ।’

चाडपर्वका नाउँमा अत्यधिक मदिरा, मासु र धेरै समयसम्म राखिएका खाने कुराले विभिन्न रोगको सिकार हुनुपर्ने पेटरोग विशेषज्ञ डा भूपेन्द्रकुमार बस्नेतले बताए ।दसैंमा अत्यधिक मदिरा पिउनाले शरीरमा ग्लुकोजको कमी हुने, डिहाइड्रेसन हुने, मानिस उठ्नै नसक्ने अवस्थामा पुग्ने, शरीरले काम नगर्नेलगायतका समस्या देखापर्ने जानकारी उनले दिएको खबर शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर