यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको छ ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख र सांसद दुवै पद छाड्नुपर्ने निर्णय नेकपाको सचिवालय बैठकले गरेको थियो । तर, उनले सभामुख पदबाट मात्रै राजीनामा दिएका थिए ।
महरा अझै नेकपा सांसद छन् । सांसद पद कायमै राख्न उनले कसरत गरिरहेको नेकपाका एक उच्च नेताले टिप्पणी गरेको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।