
हङकङमा शनिबारदेखि मास्क लगाउन नपाइने भएको छ । मास्क लगाएर मुख लुकाउनेलाई जरिवानासहित जेल सजाय हुन्छ । अक्टोबर ४ को मध्यराति १२ बजेदेखि यो नियम लागू भएको हो ।
नियम उल्लंघन गर्नेलाई २५ हजार हङकङ डलर जरिवानाका साथै १ वर्षसम्म कैद सजाय हुन सक्नेछ । विवादास्पद सुपुर्दगी विधेयक फिर्ताका बाबजुद प्रदर्शनकारीहरुले हङकङमा तोडफोड जारी राखेका छन् ।
जुलाईदेखि भइरहेको तोडफोडमा संलग्नले मुख छोपेका कारण पहिचान कठिनाइ भएपछि हङकङले ‘मास्क निषेध’ को नीति लिएको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।