newskoseli.Com

शक्तिशाली बम विस्फोट : १ प्रहरीको मृत्यु, ४ जना घाइते

फाइल तस्बिर

अफगानिस्तानको दक्षिणी प्रान्त हेलमाण्डस्थित एक सडकको छेउमा भएको बम विस्फोटमा एक अफगान प्रहरीको मृत्यु हुनुका साथै चार व्यक्ति घाइते भएको स्थानीय स्रोतले बताएको छ ।

हेलमाण्ड प्रान्तको ग्रेशक जिल्लामा प्रहरीको एक कार नजिकै बुधबार बम विस्फोट भएको थियो । विस्फोटमा एक प्रहरीको मृत्यु हुनुका साथै दुई प्रहरी घाइते भएको हेलमाण्ड प्रान्तीय गभर्नरका प्रवक्ताले पुष्टि गरेका छन् । यस आक्रमणमा दुई सर्वसाधारण समेत घाइते भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर