newskoseli.Com

चिनियाँ विकास मोडल, सीको नेपाल भ्रमण र नेपाललाई ‘लाभ’…

विश्वकै ‘एक नम्बर शक्तिशाली व्यक्ति’ का रूपमा रहेका चीनका राष्ट्रपति सी जिनपिङ यतिखेर नेपालको राजकीय भ्रमणमा छन् । सीको नेपाल भ्रमणले दूरगामी महत्त्व राख्ने र अब नेपालले विकासमा फड्को मार्न सक्ने विश्लेषण सर्वत्र गरिएको छ ।

चीन र नेपालबीच आइतबार हुने ऐतिहासिक समझदारी नेपालको विकास र समृद्धिमा कोसेढुंगा सावित हुने विश्वास गरिएको छ । नेपालले चीनका राष्ट्रपति सीको भ्रमणका लागि लामो समयदेखि प्रयास गर्दै आए पनि सफल हुन सकेको थिएन । अहिले भने ‘दुईतिहाइ बहुमतका शक्तिशाली प्रधानमन्त्री’ केपी शर्मा ओलीको ‘अथक प्रयास’ र सबै राजनीतिक दलको सकारात्मक सहयोगका कारण लामो समयदेखिको ‘सीलाई नेपाल भ्रमण गराएर विकास र समृद्धिको ढोका खोलाउने’ नेपाली प्रयासले सार्थकता पाएको छ ।

सीको नेपाल भ्रमणलाई राजनीतिको दोषी चस्माबाट नहेरी यसलाई आर्थिक विकासको महत्त्ववपूर्ण पाटोका रूपमा हेरिनुपर्ने तर्क स्वतन्त्र विश्लेषकहरूको छ । अहिले केही पक्षले सीको भ्रमणलाई राजनीतिक रङ दिइरहेका छन् । तर, त्यसरी राजनीतिक रङ दिन खोज्नेले मुलुकको विकास र प्रगतिलाई नै अवरुद्ध पार्न खोजेको बुझ्न कठिन छैन ।

जानकारहरूका अनुसार यतिखेर चीनले संसारमै चामत्कारिक विकास गरिरहेको छ । सन् २०३० सम्ममा चीन विश्वमै आर्थिक विकासका दृष्टिले समेत ‘एक नम्बर शक्तिशाली राष्ट्र’ बन्ने धुनमा छ । यसमा चीनको ‘कम्युनिस्ट विचारधारा’ भन्दा पनि सीको आफ्नै ‘विशिष्ट प्रकृतिको विकास मोडल’ ले काम गरिरहेको देखिन्छ । सीको विकास मोडलबाट नेपालले पनि सहजै पाठ सिक्न सक्छ ।

सीको विश्वभरमै चर्चित पछिल्लो योजना भनेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मार्फत विश्वलाई एउटै मालामा उन्न खोज्नु हो । यसलाई सीको विश्व विकासको स्पष्ट मार्गचित्रका रूपमा लिइएको छ । यस अतिरिक्त सीले आफ्नै देशमा अपनाएका विकासका कार्यक्रम र गरिबी उन्मूलन कार्यक्रम समेत नेपालका लागि बलियो मार्गचित्र बन्न सक्ने खबर सागर पण्डितको बाइलाइनमा आइतबारकोको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर