newskoseli.Com

महरा र आलमको काम र सुविधा रोक्का : निलम्बित सरह भए दुई सांसद

निलम्बित सांसदद्वय कृष्णबहादुर महरा र मो. अफताब आलम

निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले संसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन् । यसबाट उनीहरूको सांसद पद निलम्बन सरह हुने भएको छ ।

संसद् सचिवालयको स्वास्थ्य शाखाकी एक कर्मचारीलाई ‘बलात्कार प्रयास’ गरेको जाहेरी परेपछि ‘जबर्जस्ती करणी उद्योग’ मुद्दाको अनुसन्धानको सिलसिलामा निवर्तमान सभामुख महरालाई बालुवाटरस्थित सभामुख निवासबाट असोज १९ मा पक्राउ गरिएको छ । त्यसैगरी, २७ चैत, २०६४ मा रौतहटको राजापुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा सांसद आलामलाई आइतबार रौतहटबाट पक्राउ गरिएको छ ।

निवर्तमान सभामुख महरा प्रतिनिधिसभा निर्वाचन, २०७४ मा तत्कालीन नेकपा (माओवादी केन्द्र) का तर्फबाट दाङ– २ मा निर्वाचित सांसद हुन् भने आलाम नेपाली कांग्रेसबाट रौतहट– २ मा निर्वाचित सांसद हुन् । दुवै जनाको नैतिक पतन देखिने फौजदारी अपराध भएकाले नेपालको संविधान र प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम दुवैको सांसद् पद निलम्बन सरह भएको छ ।

पक्राउ अवधिभर उनीहरूले संसद सदस्यको हैसियतबाट कुनै काम गर्न नपाउने र कुनै सेवा–सुविधा उपलब्ध नहुने खबर ईश्वरी सुवेदीको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर