newskoseli.Com

‘केरुङ–काठमाडौं रेल आउँछ’ : चिनियाँ राष्ट्रपतिको प्रष्टाेक्ति

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई ‘भूपरिवेष्ठित’ बाट ‘भूजडित’ मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन् ।

आइतबार नेपाली पक्षसँगको द्विपक्षीय वार्तामा लाओसको उदाहरण प्रस्तुत गर्दै उनले यस्तो धारणा राखेका हुन् । नेपालजस्तै भूपरिवेष्ठित मुलुक लाओस पनि रेल कनेक्सनका कारण भूजडित बन्ने क्रममा रहेको जिनपिङको भनाइ थियो ।

वार्तामा सहभागी एक मन्त्रीका अनुसार राष्ट्रपति सीले केरुङ–काठमाडौं रेल निर्माणको विषय आफ्नो उच्च प्राथमिकतामा रहेको उल्लेख गरेको खबर दुर्गा खनालको बाइलाइनमा सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर