newskoseli.Com

‘ल मेकर नै ल ब्रेकर’ : ‘मान’ गुमाउँदै ‘माननीय’ हरू !

कृष्णबहादुर महरा, मोहम्मद अफताब आलम र प्रमोदकुमार साहकाे फाइल तस्बिर

कानुन बनाउने महत्त्वपूर्ण जिम्मेवारीमा रहेका ‘जनप्रतिनिधि’ एकपछि अर्को गरी धमाधम पक्राउ पर्न थालेका छन् । यौन दुर्व्यवहारदेखि जघन्य प्रकृतिका व्यक्ति हत्याजस्ता अपराधमा तानिनुले नेताहरुमा नैतिकताको प्रश्न उठ्न थालेको छ ।

‘ल मेकर नै ल ब्रेकर भएपछि यस्ता घटना दोहोरिरहन्छन्,’ विश्लेषक चन्द्रदेव भट्ट भन्छन्– ‘आम मान्छेले सोच्न पनि नसक्ने घटनामा सांसदको नाम जोडिएर नियमितजसो पक्राउ पर्नुले राजनीतिमा नैतिक आचरणको खडेरी परेको प्रस्ट हुन्छ ।’ सांसद नै एकपछि अर्का काुननविपरीतका कार्यमा संलग्न भएका घटना सार्वजनिक हुनुले संसदकै बदनामी भइरहेको विश्लेषक बाउँछन् ।

यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पद मात्र गुमाएनन्, प्रहरी हिरासतमै पुगेका छन् । कांग्रेसका तर्फबाट रौतहट– २ बाट निवाचित मोहम्मद अफताब आलम १२ वर्षअघिको हत्या घटनामा तानिएका छन् । आइतबार पक्राउ परेका उनी पनि हिरासतमै छन् । राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) का तर्फबाट सर्लाही– १ बाट निर्वाचित प्रमोदकुमार साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

सांसदहरुका यस्ता गैरकानुनी कार्यले राजनीतिप्रति गलत सन्देश गइरहेको टिप्पणी हुँदै आएको छ । राजनीतिलाई सही मार्गमा लैजान काुननसँगै नैतिक आचरण महत्त्वपूर्ण हुने बताउँछन्, वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्य । रक्षक नै भक्षक भनेजस्तो ‘ल मेकर नै ल ब्रेकर’ बन्दै गएको खबर खगेन्द्र भण्डारीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर