निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेको १२ दिन बित्दा पनि उनको बयान लिन सुरु गरिएको छैन । स्वास्थ्यमा समस्या देखिएपछि गत बिहीबार अस्पताल भर्ना गरिएका महराको उपचारमा संलग्न डाक्टरले नै उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताउँदै आएका छन् ।
चिकित्सकहरुले नै महराको स्वास्थ्य अवस्था ठीक नभएकाले उनलाई बाहिर लैजान नमिल्ने बताएपछि उनीसँगको घटनाका बारेमा प्रहरीले बयान नै लिन सकेको छैन । उच्च रक्तचापको समस्या देखिएपछि आठ दिनअघि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।