newskoseli.Com

ओलीबाट ‘धोका’ भाे भन्दै दौडधुपमा अध्यक्ष प्रचण्ड !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय सदस्यहरूसँग अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो गर्न थालेका छन् । पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदरी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महशसस प्रचण्डले गरेका छन् ।

केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो प्रचण्डले पोखेको स्रोतले बतायो । एकतापछि दाहाल र पोखरेलबीच बहुदलीय जनवादको विषयमा मत बाझिएको थियो । त्यसपछि पार्टीले विभाग प्रमुखहरू तोक्ने क्रममा पोखरेललाई स्कुल विभाग नदिन पूर्वमाओवादी केन्द्र पक्षले जोड गरे पनि पछि ओली–दाहाल सहमतिमै उनले सो विभाग प्रमुखको जिम्मेवारी पाएका थिए ।

त्यसयता दाहाल–पोखरेल सम्बन्ध सुमधुर बनेको छ । दसैं सकिएलगत्तै दाहाल पोखरेल निवास धापासी पुगेका थिए । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी एकीकरणताका भएका समझदारीबाट पछि हट्ने संकेत गरेको र त्यसलाई कार्यान्वयनको दिशामा लैजान पहल गर्नुपर्ने दाहालले बताएका थिए ।

पोखरेल–दाहाल भेटघाट हुँदै गर्दा नेकपा ओखलढुंगाका कार्यकर्ताहरू पनि पोखरेल निवास पुगेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर