विवाह–कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट भने चलन अझै हटिसकेको छैन ।
तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको माग गरिन्छ । तर, तराईमै बसोबास गर्ने मुस्लिम समुदायअन्तर्गतको नट जातिले भने विवाह–कर्मअन्तर्गत दाइजोमा भालु र सर्प दिन्छन् । सुखीपुर– ८, सिरहाका साविरले छोराहरुलाई पनि भालु नै अंश दिए । बाजेको शेषपछि अंशमा पाएको भालुबाट साविरका बुबा अबु मोहम्मद र काका फूल मोहम्मदले पुर्ख्यौली पेसा अँगाल्दै चटक देखाएर गुजारा चलाए । तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको माग गरिन्छ । तर, तराईमै बसोबास गर्ने मुस्लिम समुदायअन्तर्गतको नट जातिले विवाह कर्ममा दाइजोमा भालु र सर्प दिन्छन् ।
सिरहाको सारस्वर बस्ने हथियाको विवाह भारतको गोरखपुरमा भएको थियो । बजैले दाइजोमा दुईवटा भालु घरमा आफूसँगै भित्र्याएकी थिइन् । ‘त्यही भालु नचाएर बाजेले गुजारा चलाए,’ साविर भन्छन्, ‘त्यही भालेपोथीबाट जन्मिएका बच्चा बाजेले छोरीहरूका बिहेमा दाइजोमा दिए । छोराहरूलाई पनि भालु नै अंश दिए ।’ बाजेको शेषपछि अंशमा पाएको भालुबाट साविरका बुबा अबु मोहम्मद र काका फूल मोहम्मदले पुर्ख्यौली पेसा अँगाल्दै चटक देखाएर गुजारा चलाए ।
अबु मोहम्मदले पनि दिदीहरूका बिहेमा त्यही भालुको बच्चा दाइजो दिए । अबु वृद्ध भएपछि अहिले साविरले बाजेले दाइजोमा पाएको तिनै भालुको २७ औं सन्तानबाट गुजारा चलाउँदै आएका छन् । भालुलाई उनी धुथरु भनेर बोलाउँछन् । एकवर्षे धुथरु भाले हो । साविरले ६ महिना तालिम दिएपछि धुथरु नाचमा सिपालु भयो । अहिले त्यसको नाचबाट हुने आम्दानीले साविरको घर चलेको छ । ‘धुथरुले माला जप्ने, चर्खा काट्ने, बच्चा खेलाउने, मातेको मान्छे जसरी हिँड्ने, ब्रेक डान्ससमेत ६ प्रकारका कला प्रस्तुत गर्छ’– सिरहाको घलेटोलमा भालु नचाइरहेको भेटिएका साविरले भने, ‘कला प्रदर्शन गरेपछि धुथरु आफैं कचौरा बोकेर पैसा थाप्न दर्शकमाझ पुग्छ ।’
एक ठाउँमा आधा घण्टा धुथरुको नाच हेरेपछि दर्शकले प्रशंसा गर्दै पैसा दिन्छन् । एक घण्टासम्म देखाइने नाचमा एकपटकमा ५ सयदेखि १५ सय रुपैयाँसम्म हुने गरेको साविरले सुनाए । र, यही क्रममा उनले छोराहरुलाई पनि भालु नै अंश दिएको खबर भरत जर्घामगरको बाइलाइनमा आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।