newskoseli.Com

ओलीले यसो भन्दा बिच्किए प्रचण्ड : ‘सहमति कार्यान्वयनमा ओलीको बेवास्ता’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार दिउँसो सिन्धुपाल्चोकको झुले उक्लिए । परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मीसहित झुले गएका प्रचण्डसँग नेकपाका स्थायी समिति सदस्य अग्नि सापकोटा पनि थिए ।

शनिबार मध्याह्नदेखि आइतबार बिहानसम्म उतै बसेका अध्यक्ष प्रचण्ड फर्किएपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे, करिव दुई घन्टा त्यहीं अलमलिए । ओलीले पुराना सहमति कार्यान्वयनमा चासो नदेखाएको निष्कर्ष निकालेका प्रचण्डको आइतबारको भेट पनि त्यही विषयमै केन्द्रित थियो ।

स्रोतका अनुसार ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’ को परियोजनासम्बन्धी सम्झौतालाई संसदबाट अनुमोदन गराउन तत्कालीन सभामुख महराले असहयोग गरेको भन्ने ओलीको अभिव्यक्तिप्रति पनि प्रचण्ड असन्तुष्ट भएको खबर बिनु सुवेदीको बाइलाइनमा सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर