newskoseli.Com

विप्लव नेकपाद्वारा ४ ठाउँमा बम विस्फोट : यसो भन्छन् स्थानीयवासी…

फाइल तस्बिर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार काभ्रेपलाञ्चोकको विकट महाभारत गाउँपालिकाका चार ठाउँमा बम विस्फोट गराएको छ । साविक बुढाखानीका साल्मे, ब्रामनटार, बुढाखानी डाँडा र सिपालीडाँडामा नेकपाले सिलिन्डर बम विस्फोट गराएको हो ।

स्थानीयवासीका अनुसार ‘त्रसित नहुन’ आग्रह गर्दै नेकपाका कार्यकर्ताले गाउँपालिका कार्यालयमा समेत विस्फोट गराउने चेतावनी दिएका छन् । प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्ष नेतृत्वको टोली घटनास्थलमा परिचालन गरिएको जानकारी जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले दिएका छन् । ‘केही पड्किएको सूचना आएपछि प्रहरी परिचालन गरेका छौं, विस्तृत बुझिरहेका छौं’– उनले भने ।

यातायातको सहज पहुँच नभएको गाउँपालिकाको केन्द्रसम्म पुग्न १६–१७ घन्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । त्यही ‘सहजता’ का आधारमा नेकपाले विकट क्षेत्रमा गतिविधि सञ्चालन गरिरहेको बताइएको छ । काभ्रेकै खानीखोला गाउँपालिकाबाट यसअघि नेकपाका नेता हेमन्तप्रकाश वलीसहितका केन्द्रीय नेतालाई पक्राउ गरिएको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर