newskoseli.Com

‘ऋण दिन्छु भनेर बैंकका हाकिमले बलात्कार गरे’ : प्रहरी अनुसन्धान

मोरङमा सात महिनाअघि बैंकिङ लोनको प्रलोभन देखाएर भएको बलात्कारको घटनाबाट पीडित युवती बकपत्र दिन आउँदा बेहोस भएर आइतबार अदालतमै ढलिन् । ‘पैसामा मिल्न’ पीडक पक्षले दिएको अत्यधिक दबाबका कारण पीडासँगै मानसिक तनाव समेत झेल्दै आएकी उनी आफूलाई सम्हाल्न नसक्दा बेहोस भइन् ।

कोसी अस्पतालमा उनको अहिले उपचार भइरहेको छ । पीडक पक्षले पैसाको लोभ देखाउँदै दिएका विभिन्न दबाब र धम्कीका कारण उत्पन्न तनाव थेग्न नसकेर बकपत्रका दिन युवती अदालतमै बेहोस भएको पीडित पक्षको दाबी छ । घटनाअनुसार २०७५ चैतमा ५ लाख रुपैयाँ ऋण माग गर्न विराटनगर घर भएकी युवती मोरङको कर्सियास्थित नेपाल बंगलादेश बैंकको शाखा कार्यालय पुगेकी थिइन् । त्यस क्रममा बैंकका शाखा प्रबन्धक बिर्तामोड– ५, पञ्चमुखी टोल, झापा घर भएका ४५ वर्षीय अमित बास्तोलाले ऋणको प्रलोभन देखाएर बलात्कार गरेको पीडित युवतीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

चैत २२ मा रंगेली नगरपालिका– ७, मोरङमा रहेको मेलिना होटल र चैत २६ मा सुनसरीको इटहरीमा रहेको बुद्ध गेस्ट हाउसमा बैंक प्रबन्धकले उनीमाथि बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको खबर रिवन भट्टराईकिशोर बुढाथोकीको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर