newskoseli.Com

यस वर्ष चाँडै बढ्यो चिसो : ‘सिजनल इफेक्ट’ का कारण तापक्रम तलमाथि

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको मापन गरिएको छ । दसैंलगत्तै तापक्रम घटेका कारण उपत्यकासहित देशभर नै चिसोको प्रभाव बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष छिटै नै चिसो बढेको हो । वायुमण्डलको प्रभावका कारण चिसो बढेको मौसमविद् मीनकुमार अर्यालले बताए । ‘धुवाँ–धुलोका कारण पनि वायुमण्डल प्रदूषित भएकाले छिटै चिसो बढेको हो’– उनले भने । अघिल्लो वर्ष ३ कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस रहेकोमा यस पटक भने १४ डिग्रीमा झरेको छ ।

‘सिजनल इफेक्ट’ ले गर्दा न्यूनतम तापक्रममा तलमाथि भइरहेको हो,’ उनले भने– ‘तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महशुस गरिएको छ, दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुनेछ ।’ मौसमविद् अर्यालले बताए– ‘अबको केही समयमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्नेछ र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्य समेत कमजोर हुनेछ ।’

केही दिनयता उपत्यकासहित देशभरको तापक्रम घट्दो रूपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ खबर सविन शर्माको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर