newskoseli.Com

बाबुराम–उपेन्द्रको अन्योल : सरकारमा बसिरहने कि हटिहाल्ने ?

वर्तमान सरकारमा सहभागी बाबुराम भट्टराई–उपेन्द्र यादव–अशोक राई नेतृत्वको समाजवादी पार्टीभित्र संविधान संशोधनको माग पूरा नभएको भन्दै सरकारबाट बाहिरिने पक्षमा मत बढे पनि अहिले नै हट्नु नहुने तर्क राख्ने समूह पनि उत्तिकै प्रभावी छ ।

एक पक्ष ‘सरकारबाट हट्ने निर्णय लिनका लागि समाजवादी पार्टीले कात्तिक ३० र ३१ का लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको’ बताइरहेको छ भने अर्को पक्ष ‘बैठकको एजेन्डा अझै तय नभैसकेको’ दाबी गरिरहेको छ । आगामी केन्द्रीय समितिको बैठकले सरकारका बारेमा निर्णय लिने समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले बताए ।

‘संविधान संशोधन गर्ने शर्तमा सरकारमा सहभागी भएका हौं, संविधान संशोधन हुँदैन भने सरकारमा बसिरहनुको औचित्य छैन,’ महासचिव श्रेष्ठले भने– ‘सरकारबाट हटेर संविधान संशोधनको एजेन्डा लिएर जनताका बीचमा जानुको विकल्प छैन ।’ सत्तासीन एक घटकभित्रको अन्यौलसम्बन्धी यो खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर