newskoseli.Com

सैनिक भर्नामा किर्ते र नक्कली परीक्षार्थी : ३ सेनासहित २६ पक्राउ

सैन्य भर्नामा अनियमितता गरेको आरोपमा तीन सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ जना सेटिङकर्ता र नक्कली परीक्षार्थी पनि छन् ।

एक हवल्दार र दुई जवान सैनिक हिरासतमा छन् । अनुसन्धान प्रक्रियामा रहेको भन्दै जंगी अड्डाले उनीहरूको नाम भने खुलाएको छैन । सैनिक प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । भर्ना छनोट भइरहेको सुर्खेतस्थित उत्तरपश्चिम पृतना हेडक्वार्टरमा परीक्षार्थीका लागि नक्कली परिचयपत्र बनाई किर्ते गरेको आरोप उनीहरूविरुद्ध लागेको छ ।

सोही केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने ६ जना वास्तविक परीक्षार्थी पनि पक्राउ परेका छन् । गैरसैनिकविरुद्ध भने प्रहरीले अनुसन्धान गरिरहेको खबर शम्भु कट्टेलको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर