newskoseli.Com

के भैरहेछ दरबार र पूर्वराजपरिवारको सम्पत्ति ? कैन भैरहेको छैन राष्ट्रहितमा खर्च ?

तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय–आर्जनलाई अझैसम्म पनि राष्ट्रहितमा खर्च गर्न थालिएको छैन । नेपाल ट्रस्ट ऐनले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको सम्पत्तिलाई शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक लाभ हुने गरी राष्ट्रहितमा प्रयोग गर्ने स्पष्ट व्यवस्था गरेको छ ।

नेपाल ट्रस्टको कार्यालय गठन गरी तत्कालीन राजपरिवारका नाममा रहेको सम्पत्तिलाई नेपाल सरकार मातहत ल्याउने कार्य थालिएको १२ वर्ष भइसकेको छ । यसरी प्राप्त सम्पत्तिबाट आर्जन भएको करिव ७५ करोड रुपियाँ ट्रस्टका नाममा विभिन्न बैङ्कमा राखिएको छ भने ब्याज र भाडावापत वर्षेनि करिव ९ करोड रुपियाँ आर्जन भइरहेको छ ।

कानुनतः नगद सम्पत्ति सार्वजनिक हितमा प्रयोग गर्ने व्यवस्था सुरुदेखि नै भए पनि त्यस क्षेत्रमा हालसम्म खर्च गरिएको छैन । नेपाल ट्रस्टको कार्यालयका सचिव गजेन्द्रकुमार ठाकुरले भने– ‘पहिले सञ्चालक समिति ठूलो थियो, बैठक बस्नै मुस्किल हुन्थ्यो । बल्ल छरितो सञ्चालक समिति पाएका छौं, अब सम्पत्तिको प्रयोग गर्ने बारेमा अगाडि बढ्छौं ।’

विगतमा १३ सदस्यीय रहेको नेपाल ट्रस्टको सञ्चालक समिति अब ७ सदस्यीय भएको छ । विगतमा सबै सदस्यलाई जुटाउन निकै हम्मे पर्ने गरेको ट्रस्टका कर्मचारी बताउँछन् । वैशाख १७ मा नयाँ सञ्चालक समिति पाएको ट्रस्टको हालसम्म दुई वटा बैठक बसेको खबर प्रकृति अधिकारीको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर