newskoseli.Com

विप्लव नेकपाको ‘आक्रामक’ योजना : जनसेना, जनसत्ता, जनअदालतसहित समग्र हस्तक्षेप !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरीसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । बुधबार मध्यरातमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

विप्लव नेकपाले जिल्लाका सबै कमिटीहरु हेरफेर गरेको छ । जिल्ला कमिटीलाई छरितो बनाउँदै केही नेतालाई हटाएर पुराना केही नेतालाई पूर्ववत् जिम्मेवारी दिइएको छ । विप्लव नेकपाले नयाँ नेतृत्व गठन गरेसँगै जिल्लामा गतिविधि बढाएको छ । संगठन निर्माणसँगै राज्यसत्तालाई असफल बनाउन छुट्टै जनसत्ता समेत स्थापना गरेको छ ।

सो पार्टी अब जनसत्तासँगै ‘जनसेना’ को तालिम र प्रशिक्षणका लागि समेत युवालाई आह्वान गरेको छ । सदस्यता वृद्धिलाई तीव्र बनाएको छ । चन्दा संकलन, भण्डाफोर अभियान, जनसंगठन परिचालनलगायतका कार्यमा क्रियाशील भएको जिल्ला सदस्य रमेश नेपालीले बताए । वर्तमान राज्यसत्ताका सबै कामलाई असफल बनाउन आफूहरुले गतिविधि सञ्चालन गरिरहेको उनले बताएको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

के हो विप्लवको राजनीति ? हेर्नोस् यो भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर