महिलामाथि ‘यौन दुर्व्यवहार’ को आरोप लागेका निवर्तमान समाभुख कृष्णबहादुर महराको डीएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ ।
जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू कुने गरी थप ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न समय थप्दै डीएनए परीक्षणका लागि रगत दिन समेत आदेश गरेको हो ।
महराको डीएनए परीक्षण नगरी उनीमाथि लागेको आरोपबारे अनुसन्धान गर्न नसकिने भन्दै अनुसन्धान अधिकृतले रगत निकाली परीक्षणमा पठाउने आदेशको माग गरेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।