newskoseli.Com

सुस्त मनस्थितिकी १२ वर्षीया किशोरीको पेटमा ५ महिनाको गर्भ

अछाममा सुस्त मनस्थितिकी १२ वर्षीया एक बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेपछि अभिभावक र स्वास्थ्यकर्मी स्तब्ध भएका छन् ।

रामारोशनकी ती बालिकालाई कुकुरले टोकेको थियो । रेविजविरुद्ध गाउँमै तीन पटक सुई लगाउँदा पनि उनलाई सन्चो भएन । चौथो पटक सुई लगान एक दिनको पैदल दुरीमा रहेको बयालपाटा मिसन अस्पतालमा पुर्‍याएपछि उनको गर्भ रहेको खुलेको हो ।

‘कुकुरले टोकेर सुई लगाउन अस्पताल ल्याएको थिएँ,’ बालिकाका बुबाले भने– ‘छोरीको पेट किन सुन्नियो डाक्टर सा’ब हेरिदिनुहोस् भनें । डाक्टरले जाँच गरेपछि ५ महिनाको गर्भ छ भन्ने थाहा भएपछि म छाँगाबाट खसेको जस्तो भएँ ।’

नेपालको दूरदराजमा घटेको एउटा दुःखलाग्दो घटनाको यो खबर मेनका ढुंगानाको बाइलाइनमा शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर