newskoseli.Com

५ गोली हानेर दमकलका कर्मचारीको कसले गर्‍यो हत्या ?

वीरगञ्जमा एक युवाको निर्मम हत्या भएको छ । वीरगञ्ज महानगरपालिका कार्यालयको बारुण यन्त्रका कर्मचारी रहेका बुनिलाल चौरसियाको गोली हानी हत्या भएको हो ।

वीरगञ्ज नगवास्थित बाइपास सडकको छेउमा रहेको पोखरीको किनारमा तन्ना र प्लास्टिकको बोराले बेरेर फालिएको अवस्थामा चौरसियाको शव शुक्रबार फेला परेको थियो । गोली हानेर हत्या चौरसियाको गरिएको पाइउको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

नारायणी अस्पतालमा शवको पोस्टमार्टमपछि उनको गोली लागि हत्या भएको खुलेको हो । चिकित्सकका अनुसार चौरसियाको टाउकामा दुई, छातीमा दुई र नाइटामा एक गरी गरी ५ वटा गोली लागेका छन् । शवको पोस्टमार्टम रिपोर्ट आइनपुगे पनि गोली हानेरै हत्या भएको अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक राठौरले बताए ।

अनुसन्धानको क्रममा प्रहरीले शुक्रबार राति एक दम्पतिलाई नियन्त्रणमा लिएको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर